मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
  4. /
  5. बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन

बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन

२०२२ मार्च २२, मङ्गलबारखेलपाटी संवाददाता

बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन

काठमाडौं । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिका, प्युठानको सहयोगार्थमा भएको पाचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत तथा ३ काश्य पदक हात पारेको हो । ४ स्वर्ण, ८ रजत तथा १४ काश्य पदक जितेको लुम्बिनी प्रदेश दोस्रो तथा ३स्वर्ण र २ काश्य सहित कर्णाली प्रदेश तेस्रो भयो ।

महिला फाइट तर्फको २० किलो तौल समूहमा लुम्बिनी प्रदेशकी पूर्णिमा पुन मगर पहिलो भए । सोस्पर्धामा लुम्बिनीकै स्वर्णिका विसी दोस्रो तथा प्रदेश नम्बर १ की ग्रीष्म चौधरी र सुदुरपश्चिम प्रदेशकी रितु चौधरी तेस्रो र चौथो भइन ।

२५ किलो तौल समूहमा लुम्बिनी प्रदेशकी आचल बुढा मगर पहिलो भइन । सो स्पर्धामा प्रदेश नं १ कीस्मृति घर्ती मगर दोस्रो तथा कर्णालीका अन्जली जिसी तेश्रो र सुदुरपश्चिमकी सन्ध्या घर्ती मगर  चौथो भइन ।

३० किलो तौल समूहमा बाग्मती प्रदेशकी सन्चिता केसी पहिलो भइन । सो स्पर्धामा लुम्बिनी प्रदेशकी बिपना पुन मगर दोस्रो तथा लुम्बिनीकै सरला केसी तेस्रो र अपेक्षा रोका मगर चौथो भइन ।

३५ किलो तौल समूहमा कर्णाली प्रदेशकी पुजा चौधरी भइन । सो स्पर्धामा कर्णालीकै आशिका बि.क.दोस्रो तथा विनिशा एलजी तेस्रो भइन र लुम्बिनी प्रदेशकी कविता शर्मा चौथो भइन ।

४० किलो तौल समूहमा सुदुरपश्चिमकी निक्कु विस्वकर्मा पहिलो भइन । सो स्पर्धामा प्रदेश नम्बर १ की अस्मिता महरा दोस्रो तथा लुम्बिनी प्रदेशकी सबिता बि.क.  तेस्रो सुदुरपश्चिम प्रदेशकी कृति केसी चौथोभइन ।

४५ किलो तौल समूहमा लुम्बिनी प्रदेशकी चादनी खत्री पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी अन्जली केसी दोस्रो तथा गण्डकीकै अन्जली  पुन मगर तेस्रो र लुम्बिनी प्रदेशकी वर्षा थापा मगर चौथोभइन ।

५० किलो तौल समूहमा कर्णालीकी शान्ति पौडेल पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी सिर्जना बुढा दोस्रो तथा प्रदेश नम्बर १ की रीता सुनार तेस्रो र लुम्बिनी प्रदेशकी बसन्ती ठेडी मगर चौथो भइन ।

५५ किलो तौल समूहमा बागमती प्रदेशकी रन्जिता गुरुङ पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी रूपा बुढा मगर दोस्रो तथा सुदुरपश्चिमकी कल्पना खड्का तेस्रो र लुम्बिनी प्रदेशकी भीमा राना चौथोभइन ।

६० किलो तौल समूहमा प्रदेश नम्बर १ की नवीना श्रेस्ठ पहिलो भइन । सो स्पर्धामा लुम्बिनी प्रदेशकी बिनिता बुढा मगर दोस्रो तथा बागमती प्रदेशकी अनुष्का शिवभक्ति तेस्रो र गंगा घर्ती मगर चौथो भइन ।

पुरुष फाइटतर्फ २० किलो तौल समूहमा सुदुरपश्चिमका भेषराज भण्डारी पहिलो भए । सो स्पर्धामा लुम्बिनीका रेशम गौरे दोस्रो तथा गण्डकी प्रदेशका क्षितिज पुन मगर तेस्रो र प्रदेश नम्बर १ का निशान गिरीचौथो भए ।

२५ किलो तौल समूहमा प्रदेश नम्बर १ का अनुश महरा पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका कमल भण्डारी दोस्रो तथा गण्डकी प्रदेशका बिमल घर्ती मगर तेस्रो र लुम्बिनी प्रदेशका अनीश सुनार चौथो भए ।

३० किलो तौल समूहमा प्रदेश नम्बर १ का अर्पण नेपाली पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका विकास रावत दोश्रो भए । लुम्बिनी प्रदेशका प्रवीण नेपाली तेस्रो भए । र लुम्बिनीकै निश्चल खड्का चौथो भए ।

३५ किलो तौल समूहमा प्रदेश नम्बर २ का बिजेस थापा मगर पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका शुभम भुसाल दोस्रो तथा प्रदेश नम्बर १ का सन्देश रावत तेस्रो र गण्डकी प्रदेशका समीर गिरीचौथो भए ।

४० किलो तौल समूहमा बागमती प्रदेशका अमृत गुरुङ पहिलो भए । सो स्पर्धामा लुम्बिनी प्रदेशका कृष्ण नेपाली दोस्रो तथा प्रदेश नम्बर २ का नवीन बि.क. तेस्रो र सुदुरपश्चिम प्रदेशका राजन शर्मा चौथो भए ।

४५ किलो तौल समूहमा बागमती प्रदेशका सुरेन्द्र गुरुङ पहिलो भए । सो स्पर्धामा लुम्बिनी प्रदेशका इशु घर्ती मगर दोस्रो तथा सुदुरपश्चिम प्रदेशका कृष्ण डिसी तेस्रो र नेपाल पुलिस स्कुलका अजय न्यौपानेचौथो भए ।

५० किलो तौल समूहमा बागमती प्रदेशका दिनेश गुरुङ पहिलो भए । सो स्पर्धामा गण्डकी प्रदेशका महेश गुरुङ दोस्रो तथा प्रदेश नम्बरका सिशि चौधरी तेस्रो र लुम्बिनी प्रदेशका सुरज विस्वकर्मा चौथो भए ।

५५ किलो तौल समूहमा प्रदेश नम्बर २ का गणेश केसी पहिलो भए । सो स्पर्धामा बाग्मतीको प्रदेशकासमीर गुरुङ दोस्रो तथा लुम्बिनी प्रदेशका विवश घर्ती मगर तेस्रो र लालमोहन गुरुङ चौथो भए ।

६० किलो तौल समूहमा नेपाल पुलिस स्कुलका गुमान घर्ती मगर पहिलो भए । सो स्पर्धामा नेपाल पुलिस स्कुलकै सिर्जन केसी दोस्रो तथा प्रदेश नम्बर २ का सुरेश परियार तेस्रो र बागमती प्रदेशका आशीषतामाङ चौथो भए ।

६५ किलो तौल समूहमा बागमती प्रदेशका निमेश गुरुङ पहिलो भए । सो स्पर्धामा लुम्बिनी प्रदेशका प्रदीप घर्ती मगर दोस्रो तथा बागमती प्रदेशका रमेश तामाङ तेस्रो र लुम्बिनीका भूपेन्द्र पुन मगर चौथो भए ।

पुरुषकै खुल्ला तौल समूहमा प्रदेश नम्बर १ का राजकुमार बुढा पहिलो भए । कर्णाली प्रदेशका विशाल बुढा मगर दोश्रो तथा लुम्बिनी प्रदेशका रबिन सुनार तेश्रो र सुदुरपश्चिम प्रदेशका विवेक बि.क. चौथो भए । पुरुषतर्फ अनुस महरा तथा महिलातर्फ शान्ति पौडेल उत्कृष्ट खेलाडी भए । नेपाल पुलिस स्कुलका गुमान घर्ती मगर उत्कृष्ट रेफ्रिघोषित भए ।

पुरुषतर्फ विजेश थापा मगर तथा महिलातर्फ चादनी खत्री बेस्ट अनुशासन खेलाडी घोषित भइन् । समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि माण्डवी गाउपालिका प्युठानका अध्यक्ष श्रीधर रोका मगर, नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगर, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

 

बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Bhat Bhateni
माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन