फाइनलमा नाडाललाई स्वासप्रश्वासको समस्या
मंगलबार, ०८ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इन्डियन वेल्सको फाइनलमा पराजित भएका टेनिस खेलाडी राफायल नाडालले फाइनलमा स्वासप्रश्वासको समस्या भएको बताएका छन् ।
३५ वर्षीय स्पेनिस खेलाडी नाडालले फाइनलमा टेलर फ्रिजविरुद्ध पराजित भएका थिए ।
फ्रिजले नाडाललाई ६–३, ७–६(७–५) ले पराजित गरेका थिए । सन् २००१ पछि इन्डियन वेल्सको उपाधि जित्ने फ्रिज पहिलो अमेरिकी खेलाडी बनेका छन् ।
नाडालका अनुसार उनलाई स्वास लिन समस्या भइरहेको तथा स्वास लिने समयमा कष्ट हुने गरेको थियो ।
सन् २०२२ मा अष्ट्रेलियन ओपनको उपाधि जितेका नाडाल इन्डियन वेल्सको फाइनलमा पराजित हुनु अघि २० खेलमा अपराजित रहेका थिए ।
#३५ वर्षीय स्पेनिस खेलाडी नाडालले फाइनलमा टेलर फ्रिजविरुद्ध पराजित भएका थिए ।







1686853912-1760864621059.avif&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)

