पदक विजेता मन्देकाजी र मुकुन्द्र सम्मानित
शुक्रबार, चैत ४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीमा भएको चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेताद्वय मन्देकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन सम्मानित भएका छन् ।
कर्मा कन्ट्रक्सनले शुक्रबार मन्देकाजी र मुकुन्द्रलाई सम्मान गरेको हो । कर्माका अध्यक्ष तथा पूर्व कराते खेलाडी रबि महर्जनले सम्मानपत्रबाट दुबैलाई सम्मानित गरे ।

गत अक्टोबरमा भएको प्रतियोगितामा मन्देले सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहको एकल कातामा गरी २ स्वर्ण जितेका थिए । मन्दे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् ।
मुकुन्द्र महर्जनले कुमुतेको ३० वर्षमाथि स्वर्ण तथा ७५ केजीमा कांस्य हात पारेका थिए । मुकुन्द्र १३ औं सागका कांस्य विजेता हुन् ।
पदक विजेता मन्देकाजी र मुकुन्द्र सम्मानित






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)




