आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा

शनिबार, २८ फाल्गुण २०७८नमीन ढकाल
सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा
Loading ad...
mustang rice ad

इलाम । इलामको सूर्योदय नगरपालिकामा भोलीबाट सुरु हुने प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ ।

सूर्योदय नगरपालिका–१० फिक्कलको कान्दुक फुटसल एरिनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक समितिले पत्रकार भेटघाटको आयोजना गरी जानकारी दिएको छ ।

सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म चल्ने प्रतियोगितामा सहभागिता जनाउने टिम र अफिसियलहरु आउने क्रम रहेको जिल्ला कराते प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए ।

No description available.

यसअघि नगरपालिका क्षेत्रमा अन्तराष्ट्रिय प्रतियोगिता हुँदै आएकोमा यस वर्ष कोभिडका कारण ७ वटा प्रदेशको टिमलाई आमन्त्रण गरेर राष्ट्रिय प्रतियोगिता गरिएको चाम्लिङले जानकारी दिए ।

‘ ७ वटा प्रदेशको टिम लगभग आइसकेको छ । गण्डकी र लुम्बिनी प्रदेशको टिम बाटोमा आउँदै गरेको जानकारी पाएका छौ । सुदुरपश्चिमको टिम भोली झापामा समेत खेल्नुपर्ने भएकाले बेलुकासम्म आइपुग्छ,’ उनले भने ।

 प्रतियोगितामा ११ वटा इभेन्टमा ८० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक चाम्लिङका अनुसार पुरुष कुमुते तर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समुहका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समुहमा प्रतिस्पर्धा हुनेछ । कुमुते खेलमा सहभागि खेलाडीहरु मध्येबाट १÷१ जनाले एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ७ वटा प्रदेशसंगै आयोजक सूर्योदय नगरपालिकाको टोली रहेको छ ।

करातेको माध्यमबाट खेल पर्यटनको प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए ।

सूर्योदय नगरपालिकाका खेलकुद प्रशिक्षक प्रदिप सैजुका अनुसार प्रतियोगिताको लागि कुल ५ लाख ६१ हजार खर्च हुनेछ ।

‘ प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैया लाग्ने भएपनि अहिले बजेट अभावका कारण कतिपय कार्यक्रमहरुलाई कटौती गरेर ५ लाख ६१ हजारमा सम्पन्न गर्ने लक्ष्य राखेका छौ ।’ सैजुले भने ‘ पाहुना खेलाडी, प्रशिक्षक, अफिसियलहरुका लागि बस्न होटलको व्यवस्था गरिएको छ । खानाको लागि कान्दुक फुटसलमा नै व्यवस्था गरिएको छ ।’

प्रतियोगिता दौरान रेफ्री रिफ्रेसर तालिम समेत राखिएको छ । विश्व कराते महासंघको परिर्वतित नियमको बारेमा बरिष्ठ प्रशिक्षक एवम रेफ्री काउन्सिलका उपाध्यक्ष राम लामाले प्रशिक्षण दिनेछन् ।

प्रतियोगिता विश्व कराते महासंघको नियम अनुसार संचालन हुनेछ । लामाले सहभागि सातवटै प्रदेशका अफिसियल एवम प्रशिक्षकहरुलाई विभिन्न समयमा परिमार्जन भएको नियमहरुको बारेमा जानकारी गराइने लामाले बताए ।

यसअघि २०७५ चैत्र २२ र २३ मा जिल्ला कराँते संघको संयोजनमा सूर्योदय नगरपालिकाको श्रीअन्तुमा सातौ अन्तराष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता सम्पन्न भएको थियो । जसमा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईको टिम सहभागि थिए ।

कोभिड संक्रमणका कारण विगत ३ वर्ष देखि ठप्प बनेको इलामको कराँते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो ।

Loading ad...
LiNing Ad
सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता