शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ सय १ धावक

शुक्रबार, ०६ फाल्गुण २०७८नारायण क्षेत्री
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ सय १ धावक
Loading ad...
mustang rice ad

 पोखरा  । १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता भोलि (शनिबार)  आयोजना हुँदै छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने खुल्ला म्याराथन अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने धावकले ३० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै २१.१९५ किलोमिटरको महिला हाफ म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुने धावकले १५ हजार प्राप्त गर्ने छन् । 

प्रतियोगितामा भारत, केन्या, फ्रान्स, युके, ओमन, आयरल्याण्ड र अमेरिकाका गरी १४ जना विदेशी खेलाडीहरुले सहभागिता जनाउने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

त्यस्तै विभागीयतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित १७ जिल्लाबाट खुल्ला म्याराथनमा १ सय ६२ र महिला हाफ म्याराथनमा ३९ गरी कुल २०१ जना धावकहरुले सहभागिता जनाउँदै छन् ।

पोखरा रंगशालाबाट बिहान ७ बजे सुरु हुने दौड पोखराका विभिन्न भाग परिक्रमा गरी पुनः रंगशालामा नै आएर समापन हुने छ । कोभिड १९ लाई मध्यनजर गर्दै अन्य ६ वटा इभेन्ट भने आगामी चैत १२ गते आयोजना गरिने छ । महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड दोस्रो चरणमा हुने भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च र १ करोड ५ लाख आम्दानी हुने अनुमान गरिएको मञ्चका महासचिव कृष्णप्रसाद तिम्लिसिनाले बताए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने छन् ।

प्रतियोगितालाई २०७२ सालदेखि पोखराको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिले मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

 

Loading ad...
LiNing Ad
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ सय १ धावक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

गुजरातको पाँचौं जित

गुजरातको पाँचौं जित

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !