शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार

बिहिबार, ०५ फाल्गुण २०७८नारायण क्षेत्री
पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार
mustang rice ad

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार आयोजना हुने भएको छ ।

आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि फागुन ७ गते १६ औं संस्करणको खुल्ला म्याराथन प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो।

४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने धावकले ३० हजार प्राप्त गर्ने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । मञ्चले यसबर्षदेखि पुरस्कार राशिमा वृद्धि गरी ४ लाख पु¥याएको हो ।

त्यस्तै २१.१९५ किलोमिटरको महिला हाफ म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुने धावकले १५ हजार प्राप्त गर्ने मञ्चका अध्यक्ष पराजुलीले बताए । प्रतियोगितामा भारत, केन्या, फ्रान्स, युके, ओमन, आएरल्याण्ड र अमेरिकाका गरी १४ जना विदेशी खेलाडीहरुले सहभागिता जनाउने छन् ।

त्यस्तै गरी विगागिय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल लगायत देशका १७ जिल्लाबाट खुल्ला म्याराथनमा १ सय ६२ र महिला हाफ म्याराथनमा ३९ गरी कुल २०१ जना धावकहरुले सहभागिता जनाउने छन् । पोखरा म्याराथन विजेता नेपाली धावकले वेलायतको म्याराथनमा भाग लिन पाउने पोखरेली मञ्च युकेले जनाएको छ ।

त्यस्तै नेपाल एथ्लेटिक्स संघले प्रथम हुने धावकलाई १९ औं एशियाली खेलकुदकोे बन्द प्रशिक्षणमा सहभागि गराउने घाोषणा गरेको छ । पोखरा रंगशालाबाट सुरु हुने दौड पोखराका विभिन्न भाग हुँदै पुनः रंगशालामा नै आएर समापन हुने छ ।

पोखरा म्याराथन र आर्मी म्याराथनबीच आकाश जमिन फरक

पत्रकार सम्मेलनमा बोल्दै मञ्चका पूर्व अध्यक्ष एवं खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिताको निरन्तरता नै सबै भन्दा ठूूलो भएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय म्याराथन र आर्मी म्याराथनबीच आकाश जमिनको फरक रहेको स्पष्ट पारे ।

आर्मीको म्याराथन एउटा संस्थागत भएको तर पोखरा म्याराथनमा स्वदेशी तथा विदेशी धावकहरुले जनाउने उत्साहमूलक सहभागिता र पोखराका हरेक चोकचोकमा धावकहरुलाई गरिने स्थानीयहरुको सम्मानले नै दुइ म्याराथनबीचको भिन्नतालाई पुष्टि गर्ने बताउँदै गुरुङले पोखरा म्याराथन संस्कृतिसंग जोडिएको उल्लेख गरे ।

प्रधानेनापति म्याराथन फागुन १४ गते आयोजना हुँदै छ । १ हप्ताको अन्तरालमा दुइवटा म्याराथन प्रतियोगिता हुँदा त्यसले पार्ने असरबारे हालै समाचार सार्वजनिक भएको थियो । उनले आवश्यक परे प्रतियोगितामा २ हप्ता तलमाथि गर्न सकिने तर धेरै सम्झौता गर्न नसकिने पनि स्पष्ट पारे ।

गुरुङले धावकहरु दौडने अहिलेको रुटलाई समेत परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि स्थायी रुटको पहिचान गरिसकिएको समेत बताए ।

पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले पोखरा म्याराथनले बेलायत र पोखरेलीहरुबिचको सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

कोभिड १९ लाई मध्यनजर गर्दै अन्य ६ वटा इभेन्ट भने आगामी चैत १२ गते आयोजना गरिने छ । महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड दोस्रो चरणमा हुने भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा पोखरेली मञ्च युकेको तर्फबाट नगद ५ लाख रुपैयाँ मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले मञ्चलाई रु ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

प्रतियोगितमा ९३ लाख खर्च र १ करोड ५ लाख आम्दानी हुने अनुमान गरिएको मञ्चका महासचिव कृष्णप्रसाद तिम्लिसीनाले बताए । प्रतियोतिलाई २०७२ सालदेखि पोखराको प्रतिष्ठित औद्यिगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिले मुख्य प्रायोजन गर्दै आइरहेको छ।

गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके, पोखरा महानगरपालिका लगायतका विभिन्न संघ संस्थाहरुले प्रतियोगितालाई सहयोग गर्दै आइरहेका छन् । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नेछन्। 

LiNing Ad
पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Bajaj Pulsar Motorcycle Ad
आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी