शाहरुख र इशान भारतको टोलीमा
आइतबार, २३ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयका लागि शाहरुख खान र इशान किशनलाई टिममा बोलाएको छ ।
पहिलो एकदिवसीय आज आइतबार अहमदाबादमा हुनेछ ।
भारतीय टिममा रहेका वैकल्पिक खेलाडीसहित ४ जनामा कोभिड-१९ को संक्रमण देखिएपछि शाहरुख र इशानलाई टिममा समावेश गरिएको हो ।
भारतका शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई कोभिड-१९ को संक्रमण देखिएको थियो ।
भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
शाहरुख र इशान भारतको टोलीमा











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
