शुक्रबार, ११ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एलपीएलको विजेताले १ लाख ५० हजार पाउने

शुक्रबार, २१ माघ २०७८खेलपाटी संवाददाता
एलपीएलको विजेताले १ लाख ५० हजार पाउने
Classic Tech Internet Ad

धनगढी । धनगढीमा आगामी फागुन २ गतेदेखि आयोजना हुने विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४ गतेसम्म सञ्चालन हुने एलपीएल–६ को मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । उक्त पत्रकार सम्मेलनमा आयोजक र धनगढी उपमहानगरपालिकाबिच सम्झौता समेत भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उपमहानगरले खेल र खेलाडीको स्तर वृद्धिका लागि आफूहरूले यो क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए । ‘हामले क्रिकेटमा एलपीएललाई विगतबाट निरन्तर प्रोत्साहन प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘क्रिकेटमा मात्र हैन फुटबल तर्फ पनि हामीले खप्तड गोल्ड कप देखि अन्य स–साना प्रतियोगितालाई प्राथमिकतामा राखेका छौँ । यस्तै प्रयासहरूबाट अहिले एलपीएल खेलेका खेलाडी राष्ट्रिय स्तरका अन्य प्रतियोगितामा राम्रो छाप छोड्न सफल भएका छन् । यी प्रतियोगिताहरू खेलाडी उत्पादन र खेल क्षेत्रको स्तरोन्नतिका लागि महत्त्वपूर्ण बन्दै गएका छन् ।’ लिटल फ्लावर प्रिमियर लिग निरन्तर छैटौँ संस्करणसम्म सञ्चालन भइरहेको प्रति खुसी व्यक्त गर्दै मेयर वडले यसलाई अझै परिष्कृत बनाएर अघि बढ्नुपर्ने बताए ।

प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उप–विजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा भलिरहेको भन्दै उनले मैदान निर्माणको काम सम्पन्न हुने तयारीमा रहेको बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०÷१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए । प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठ्माण्डौँ, कैलाली र कञ्चनपुरका १० विद्यालय स्तरीय क्रिकेट टिमको सहभागिता रहने छ । जसमा प्रत्येक टिमले ४ जना विद्यालय बाहिरका १९ वर्ष मुनिका खेलाडी समेत राख्न पाउने छन् । आसन्न संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल, उप कप्तान शेर मल्ललगायतका खेलाडी समेत सहभागी हुनेछन् । प्रत्येक टिमलाई दुई समूहमा विभाजन गरी समूह चरणमा एउटा टिमलाई ४÷४ वटा खेल खेलाइनेछ ।

Bajaj Pulsar Motorcycle Ad
एलपीएलको विजेताले १ लाख ५० हजार पाउने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

Bajaj Pulsar Motorcycle Ad
बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

साबिक विजेतालाई पहिलो खेलमै सकस !

साबिक विजेतालाई पहिलो खेलमै सकस !

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग