काठमाडौं । आगामी बर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेटको ट्रफी आज नेपाल आउदै छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी) की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बंगलादेशबाट आज नेपाल अार्इपुग्न लागेको हो । ट्रफि आज दिउँसो ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आईपुग्नेछ ।
विश्वकप ट्रफी नेपालमा चार दिन राखिनेछ । ट्रफीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै पहिलो दिन शुक्रबार ट्रफीलाई स्वयम्भु भ्रमण गराईने छ । त्यसको भोलीपल्ट शनिबार ट्रफीलाई पोखरा क्रिकेट रंगशालामा लगिनेछ । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलका लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ती पोखरामा रहेकाले त्यहाँ लैजान लागिएको हो ।
त्यस्तै, २८ गते आईतबार ट्रफीलाई काठमाडौंको चन्द्रागिरीलाई लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाईने कार्यतालिका रहेको छ । अन्तिम दिन २९ गते सोमबार प्रसंशकसंग ट्रफीको फोटो खिचाएर नेपाल भ्रमणको समापन गरिनेछ ।