बार्टीलाई अष्ट्रेलियन ओपनको उपाधि
शनिबार, माघ १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन् ।
मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्।
उपाधि जित्ने क्रममा बार्टीले कोलिन्सलाई ६-३ र ७-६ (७-२) ले पराजित गरिन् ।
अष्ट्रेलियन बार्टीले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।
यस्तै बार्टी १९७८ पछि अष्ट्रेलियन ओपन जित्ने अष्ट्रेलियाकी पहिलो महिला खेलाडी बनेकी छिन् ।
बार्टीलाई अष्ट्रेलियन ओपनको उपाधि






1686853912-1760864621059.avif&w=3840&q=75)









