कोमोरोसका खेलाडीसहित १२ जनामा कोरोना
आइतबार, ०९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । अफ्रीका कप अफ नेसन्स खेलिरहेको कोमोरोसका खेलाडीसहित १२ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ ।
अफ्रीका कप अफ नेसन्समा क्यामरुनविरुद्धको खेलअघि १२ जनामा कोभिड-१९ को संक्रमण देखिएको हो ।
प्रतियोगितामा जाइन्ट किलर रहेको कोमोरोसले अन्तिम १६ अन्तर्गत सोमबार पाँच पटकको च्याम्पियन क्यामरुनसँग खेल्ने तालिका रहेको छ ।
कोमोरोस अफ्रीका कप अफ नेसन्सको डेब्यु टिम हो ।
तर, महत्वपूर्ण खेलअघि खेलाडीमा कोभिड देखिदा कोमोरोसलाई दबाब थपिएको छ।
समूह चरणको अन्तिम खेलमा घानालाई ३-२ गोल अन्तरले पराजित गर्दै कोमोरोसले नकआउट चरणमा स्थान बनाएको हो ।
कोमोरोसका खेलाडीसहित १२ जनामा कोरोना








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

