इन्टरलाई पाँच अंकको अग्रता
आइतबार, ०९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले भेनिजियालाई २-१ गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इन्टरले जित निकालेको हो ।
खेलको १९ औं मिनेटमा थोमस हेनरीले गोल गर्दै भेनिजियालाई सुरुआती अग्रता दिलाएका हुन् ।
तर, खेलको ४० औं मिनेटमा निकोला बरेलाले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा इडेन डेज्कोले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानको इन्टरले २२ खेलमा ५३ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा ५ अंकले अघि रहेको छ ।
भेनिजिया १८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
इन्टरलाई पाँच अंकको अग्रता








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

