काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले होफेनहाइमलाई ३-२ गोल अन्तरले हराएको हो ।
डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्ड र मार्को रिउसले एक एक गोल गरे ।
होफेनहाइमका आन्द्रेज क्रमारीच र जर्जिनियो रुटरले एक एक गोल फर्काए ।
यस्तै होफेनहाइमका डेभिड रुमले आत्मघाती गोल गरे ।

जितसँगै डर्टमण्डले २० खेलमा ४३ अंक जोडेको छ ।
डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ ।
होफेनहाइम ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।