काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको हो ।
साउथह्याम्पटनको मैदानमा एम्रिक लापोर्टेले गोल गरेपछि सिटी हारबाट जोगिएको हो ।
खेलको सातौं मिनेटमा केली वाल्कर पिटर्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६५ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई हारबाट जोगाएका हुन् ।
यस बराबरीसँगै सिटीको जितको यात्रा टुंगिएको छ । यस अघि सिटीले लगातार १२ खेलमा जित निकालेको थियो ।
बराबरीसँगै सिटीले २३ खेलमा ५७ अंक जोडेको छ ।

सिटी दोस्रो स्थानको चेल्सी भन्दा १२ अंकले अघि रहेको छ ।
साउथह्याम्पटन २५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै उल्भ्सले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले हराएको छ ।
न्युकासलले लिड्सलाई १-० ले हराएको छ ।