रासफोर्डको गोलमा युनाईटेड विजयी
आइतबार, ०९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्याम युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
युनाईटेडलाई जित दिलाउन मार्कुस रासफोर्डले निर्णायक गोल गरे ।
रासफोर्डले खेलको इन्जुरी समयमा गोल गरेका थिए । जुन गोल युनाईटेडको जितमा निर्णायक बन्यो ।
यस जितसँगै युनाईटेडले २२ खेलमा ३८ अंक जोडेको छ ।
युनाईटेड चौंथो स्थानमा उक्लिएको छ ।
वेस्ट ह्याम ३७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
रासफोर्डको गोलमा युनाईटेड विजयी








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

