पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको पहिलो क्वाटरफाइनलमा अहिले विभागीय टिम नेपाल एपीएफ क्लब र बीवाईएससी मिनेसोटा युएसएबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र बीवाईएससीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।
एपीएफ आयोजक सहारा क्लबलाई २-० ले हराएर क्वाटरफाइनलमा पुगेको हो । बिवाइएसी युएसए भने सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।