बार्सिलोनाका पूर्व डिफेन्डर थोमसद्वारा सन्यास
शनिबार, माघ ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेल्जियमका डिफेन्डर थोमस भेर्मालेनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन्।
थोमसले ३६ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
खेल जीवनबाट सन्यास घोषणासँगै थोमस बेल्जियमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
बार्सिलोनाका पूर्व डिफेन्डरले पछिल्लो पटक जापानको भिसेल कोबेबाट खेलेका थिए ।
जापानी क्लबसँग उनको सम्झौता डिसेम्बरमा सकिएको थियो ।
थोमसले २०१४ देखि १९ सम्म बार्सिलोनाबाट खेलेका थिए ।
त्यसबाहेक उनले आर्सनल, रोमा आयाक्स लगायतका क्लबबाट समेत खेलेका थिए ।
बेल्जियमका लागि उनले ८५ खेल खेलेका थिए ।
बार्सिलोनाका पूर्व डिफेन्डर थोमसद्वारा सन्यास









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
