काठमाडौं । स्पेनिस ला लिगा फुटबल रियल बेटिसले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा बेटिसले स्पानियोललाई ४-१ गोल अन्तरले हराएको हो ।
स्पानियोलको मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर बेटिसले जित निकालेको हो ।
बेटिसको जितमा बोर्जा इग्लेसियसले दुई गोल गरे ।
गुइडो रोड्रिगेज र विलियन जोसेले एक एक गोल गरे ।
स्पानियोलका राउल डी टोमसले एक गोल फर्काए ।

यस्तै राउलले नै रातो कार्ड पाएपछि स्पानियोल १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै बेटिसले २२ खेलमा ४० अंक जोडेको छ ।
बेटिस तेस्रो स्थानमा रहेको छ ।
स्पानियोल २७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।