काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा नर्विचले वाट्फोर्डलाई ३-० गोल अन्तरले हराएको हो ।
नर्विचको जितमा जोश सर्जेन्टले दुई गोल गरे ।
खेलको ५१ औं मिनेटमा जोशले गोल गर्दै नर्विचलाई सुरुआती अग्रता दिलाएका थिए ।
उनको यो पहिलो प्रिमियर लिग गोल हो ।
७४ औं मिनेटमा जोशले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ७८ औं मिनेटमा इमानुएल डेनिसले रातो कार्ड पाएपछि वाट्फोर्ड १० खेलाडीमा समेटिएको थियो।
त्यसपछि खेलको इन्जुरी समयमा जुराज कुकाले आत्मघाती गोल गरेपछि नर्विच ३-० ले विजयी भयो ।
यस जितसँगै नर्विचले २२ खेलमा १६ अंक जोडेको छ ।
नर्विच १७ औं स्थानमा रहेको छ ।
वाट्फोर्ड १४ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।