काठमाडौं । एएफसी महिला एसिया कप अन्तर्गत अष्ट्रेलियाले इन्डोनेसियाविरुद्ध १८ गोल गरेको छ ।
भारतको मुम्बई फुटबल एरिनामा समूह ‘बी’ अन्तर्गतको खेलमा अष्ट्रेलियाले इन्डोनेसियालाई १८–० ले पराजित गरेको हो ।
अष्ट्रेलियाका लागि समान्था केर ले ५ गोल तथा इमिली भान इग्मोन्डले ४ गोल गरे ।
हेली रासो, क्याह सिमोन तथा इली कार्पेन्टरले समान दुई–दुई गोल गरे ।
केटलीन फुर्ड, म्यारी फाउलर र अल्भी लुइकले एक–एक गोल गरे ।
केरले ९ औं, ११ औं, २६ औ, ३६ औं र ५४ औं मिनेटमा गोल गरेकी थिइन् ।
२६ औं मिनेटमा फेनाल्टीमार्फत गोल गरेकी केर अष्ट्रेलियाको महिला तथा पुरुषतर्फकै सर्वाधिक गोलकर्ता समेत बनेकी छन् ।
उनको यो ५४ औं अन्तर्राष्ट्रिय गोल हो ।
यता ३९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी इमिलीले ५७ औं, ५९ औं तथा ६९ औं मिनेटमा गरी चार गोल पुरा गरिन् ।