काठमाडौं । इंग्ल्यान्डले आगामी मार्चमा आइभरी कोस्टसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएका छन् ।
इंग्ल्यान्डले मार्च २९ गते वेम्बली स्टेडियममा आइभरी कोस्टसँग खेल्ने भएको हो ।
इंग्ल्यान्डले सिनियर लेभलमा पहिलो पटक आइभरी कोस्टसँग खेल्ने लागेको हो ।
अफ्रिकी मुलुक आइभरी कोस्ट अहिले अफ्रीका कप अफ नेसन्स खेलिरहेको छ ।
आइभरी कोस्टसँगको खेल अघि इंग्ल्यान्डले मार्च २६ मा स्वीजरल्याण्डसँग खेल्नेछ ।