मार्टिनेजद्वारा सम्झौता नवीकरण
शुक्रबार, ०७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
एस्टनले शुक्रबार गोलकिपर मार्टिनेजले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै उनी २०२७ सम्म एस्टनमा रहने छन् ।
२९ वर्षीय मार्टिनेज २०२० मा आर्सनलबाट एस्टन आएका थिए ।
एस्टन आएपछि उनी पहिलो रोजाईका गोलकिपर रहेका छन् ।
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा उनी टिममा रहेका छन् ।
मार्टिनेजद्वारा सम्झौता नवीकरण








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

