पहिलो हाफमा पुलिस र शेर्पाको बराबरी

पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा अहिले खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र हिमालयनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेनन् ।
आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनासहित मैदान उत्रने छन् । यस खेलको विजेताले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
यस अघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।