लोरिसले गरे नयाँ सम्झौता
२०२२ जनवरी २१, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
फ्रेन्च गोलकिपर लोरिसले शुक्रबार सम्झौता नवीकरण गरेको टोटेनहमले जनाएको छ ।
लोरिसले टोटेनहममा थप दुई वर्ष बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
अब लोरिस २०२४ सम्म टोटेनहममा रहने छन् ।
२०१८ को विश्वकप विजेता गोलकिपर लोरिस लियोनबाट २०१२ मा टोटेनहम आएका थिए ।
३५ वर्षीय लोरिसले टोटेनहमका लागि ३ सय १८ प्रिमियर लिग खेलेका छन् । जसमा १ सय १२ क्लिन चिट राखेका छन्।
लोरिसले टोटेनहमका लागि कुल ३ सय ९५ खेल खेलेका छन् ।
लोरिसले गरे नयाँ सम्झौता