काठमाडौं । माली समूह विजेता बन्दै अफ्रीका कप अफ नेसन्स फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति मौरिटानियालाई २-० गोल अन्तरले हराउँदै माली समूह एफ को विजेता बनेको हो ।
खेलको दोस्रो मिनेटमा मास्साडियो हैडाराले गोल गर्दै मालीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा इब्राहिम कोनेले पेनाल्टीमा गोल गर्दै मालीलाई २-० को जित दिलाए ।
यस जितसँगै मालीले ३ खेलमा ७ अंक जोड्यो ।
यस समूहमा गाम्बिया समूह उपविजेता बन्यो ।
गाम्बियाले पनि ७ अंक जोड्यो ।
बिहीबार राति गाम्बियाले ट्युनिसियालाई १-० ले हराएको थियो ।
अब अन्तिम १६ मा मालीले इक्वेटोरियल गिनीसँग खेल्नेछ ।
गाम्बियाले नाइजेरियाविरुद्ध खेल्नेछ ।