काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को खेलमा इल्चेलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै रियल अन्तिम आठमा पुगेको हो ।
रियललाई जित दिलाउन इस्को र इडेन हाजार्डले एक एक गोल गरे ।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो ।
तर, अतिरिक्त समयको १ सय ३ औं मिनेटमा गोन्जालो भेर्डूले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए ।
१ सय ८ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई १-१ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको १ सय १५ औं मिनेटमा इडेन हाजार्डले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
खेलको अतिरिक्त समयमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।
खेलको १ सय २ औं मिनेटमा मार्सेलोले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भएको थियो ।
यस्तै इल्चेका पेरे मिल्लाले १ सय २० औं मिनेटमा रातो कार्ड पाएका थिए ।
