काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।
इकर मुनियान नायक बन्दै दुई गोल गरेपछि बिल्बाओ अन्तिम आठमा पुगेको हो ।
खेलको दोस्रो मिनेटमा इकरले गोल गर्दै बिल्बाओलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८६ औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई २-१ को अग्रता दिलाए ।
इन्जुरी समयमा पेड्रीले गोल गरेपछि खेल २-२ को बराबरी हुँदै अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १ सय ५ औं मिनेटमा इकरले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि बिल्बाओ ३-२ गोल अन्तरले विजयी भयो ।