काठमाडौं । लिभरपुल काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २-० गोल अन्तरले हराएर समग्रमा २-० को जितसहित लिभरपुल उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा लिभरपुल र आर्सनलले गोलरहित बराबरी खेलेका थिए ।
लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे ।

खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
खेलको ९० औं मिनेटमा थोमस पार्टेले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।
अब उपाधिका लागि लिभरपुलले चेल्सीको सामना गर्नेछ । फाइनल फेब्रुअरी २७ मा हुनेछ।