काठमाडौं । कोभिड-१९ को खोप नलगाएका रियल मड्रिड र चेल्सीका खेलाडीले फ्रान्समा हुने च्याम्पियन्स लिगका खेलहरु गुमाउन सक्ने भएका छन् ।
फ्रान्स सरकारले बनाएको कोभिड-१९ को नयाँ नियम अनुसार खोप नलगाएका खेलाडीले च्याम्पियन्स लिगका खेलहरु गुमाउन सक्ने देखिएको हो ।
फ्रान्स सरकारले खोप नलगाएका खेलाडीलाई फ्रान्स प्रवेशमा छुट नदिने बताएको छ ।
रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फेब्रुवरी १५ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पेरिसमा खेल्नेछ ।
चेल्सीले मार्च १६ मा लिलसँग दोस्रो लेग खेल फ्रान्समा खेल्नेछ ।
यूईएफले पनि खेलाडी र क्लबले सरकारको नियम अनिवार्य पालना गर्नु पर्ने बताएको छ ।