इलाम । भारतमा आज बिहिबारबाट २० औ संस्करणको एएफसी महिला एसियन कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
सन् १९७९ पछि भारतले पहिलो पटक प्रतियोगिताको आयोजनाको मौका पाएको हो । प्रतियोगिताको उद्धघाटन खेलमा चीन र चाइनिज ताइपेबीच प्रतिस्पर्धा भयो । जसमा चीनले ताइपेलाई ४-० ले हराएको छ ।

आजै आयोजक भारतले डिवाई पाटिल रंगशाला नाभी मुम्वईमा इरानसँग साढे ७ बजे खेल्नेछ ।
आगामी ६ फेब्रुअरीसम्म चल्ने १२ राष्ट्र सम्मिलित प्रतियोगिता ३ स्थानमा हुनेछ । प्रतियोगिता मुम्वई फुटबल एरिना र डिवाई पाटिल रंगशालाको अतिरिक्त शिव छत्रपति स्पोर्ट्स कम्प्लेक्स पुनेमा समेत आयोजना हुनेछ । फाइनल खेल नाभीमा हुनेछ । प्रतियोगितामा कुल २५ खेल तय गरिएको छ ।
सहभागिता टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । ग्रुप ए मा आयोजक भारत सहित चीन, चाइनिज ताइपेई र इरान रहेका छन् । ग्रुप बी मा अष्ट्रेलिया, थाइल्यान्ड, फिलिपिन्स र इन्डोनेशिया रहेका छन् । ग्रुप सी मा डिफेन्डिङ च्याम्पियन जापान सहित दक्षिण कोरिया, भियतनाम र म्यानमार रहेका छन् ।

एएफसी महिला एसियाली कपका केही तथ्य
१. भारतले सन् १९७९ पछि पहिलो पटक एएफसी महिला एसियन कप आयोजना गर्दैछ । सो संस्करणमा भारतीय टोली फाइनल समेत पुगेको थियो । उपाधि भिडन्तमा चाइनिज ताइपेईले भारतलाई २–० ले हराएको थियो । थाइल्याण्डमा २००३ पछि पहिलो पटक प्रतियोगितामा प्रतिस्पर्धा समेत गर्नेछ ।
२. जापानले एएफसी महिला एसियन कपको पछिल्लो २ संस्करणम जितेको छ । फाइनलमा दुवै पटक जापानले अष्ट्रेलियामाथि १–० गोल अन्तरको जीत निकालेको थियो । प्रतियोगितामा सहभागी चीन मात्र यस्तो टोली हो । जसले २ भन्दा बढि पटक उपाधि आफ्नो पक्षमा पारेको छ । सन् १९८६ देखि १९९९ सम्म भएका सात वटै संस्करण चीनले जितेको थियो ।
३. उत्तर कोरिया मात्र यस्तो टोली हो जो चार पटक एएफसी महिला एसियन कपको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन् ।
४.अष्ट्रेलियाले एएफसी महिला एसियन कपको पछिल्लो पाँच संस्करणमध्ये चारको फाइनल खेलेको छ । तर उसले ४ मध्ये एउटा मात्र संस्करण जितेको छ । २०१० मा उसले उत्तर कोरियालाई टाइब्रेकरमा हराउँदै पहिलो उपाधि जितेको थियो ।
५. एएफसी महिला एसियन कपमा सर्वाधिक सहभागिता रहने टोलीमा जापान र थाइल्यान्ड रहेका छन् । २० मध्ये दुवै टोलीले १७ संस्करणमा सहभागिता जनाएका छन् ।
६. इरान यस बर्षको एएफसी महिला एसियन कपमा डेब्यु गर्दैछ । उसको डेब्युसंगै एसियन कपमा सहभागिता जनाउने २२ औ फरक राष्ट्र बन्नेछ ।

७. चीन एएफसी महिला एसियन कपमा प्रति खेल सर्वाधिक गोल गर्ने टोलीको रुपमा रहेको छ । चीनले प्रति खेल औषत ५ गोल गरेको छ । १४ वटा संस्करण खेलेको टोलीले ३४८ गोल गर्दै ३३ गोल मात्र व्यहोरेको छ । उत्तर कोरिया र जापानले औषत प्रति खेल ४.६ गोल गरेका छन् ।
८. दक्षिण कोरियाले सन् २०१८ को एएफसी महिला एसियन कपमा प्रति अनुक्रम ३ पास गरेको थियो । र कुनै पनि टोलीको सवैभन्दा लामो औसत पास गर्ने अनुक्रम समय ८.४ सेकेन्ड रहेको थियो ।
९. अष्ट्रेलियाकी साम केर ५० औ अन्तराष्ट्रिय गोलको नजिक छिन् । उनले जारी एएफसी महिला एसियन कपमा १ गोल गरेको खण्डमा अष्ट्रेलिया फुटबलमा सर्वाधिक गोल गर्ने टिम काहिलको किर्तिमानसंग बराबरी हुनेछ । उनले हालसम्म गरेको ४९ गोल मध्ये ५ गोल एएफसी एसियन महिला कपमा रहेको छ । सामले सन् २०१० को डेब्यु एसियन कपमा २ र सन् २०१८ मा ३ गोल गरेकी छन् ।