आहा रारा गोल्डकपका लागि ६ जना रेफ्री
बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता
काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण ६ जना रेफ्रीले संचालन गर्ने भएका छन् ।
प्रतियोगिताको म्याच कमिस्नरमा विरेन्द्र पाण्डे रहेका छन् ।
फिफा रेफ्री नविन्द्र महर्जन, फिफा सहायक रेफ्रीहरु माधव खत्री, विक्रम चौधरी तथा सहदेव श्रेष्ठ र क्याटेगोरी वान रेफ्री श्याम दनुवारले प्रतियोगिता सञ्चालन गर्ने भएका हुन् ।
प्रतियोगिता बिहीबारबाट पोखराको पोखरा रंगशालामा सुरु हुदैछ ।
उदघाटन खेलमा आयोजक सहारा क्बलले विभागीय टिम एपीएफको सामना गर्नेछ ।
#आहा रारा गोल्डकप








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

