एट्लेटिको बाहिरियो
बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलबाट बाहिरिएको छ ।
अन्तिम १६ अन्तर्गत बुधबार राति रियल सोसिडाडसँग २-० गोल अन्तरले पराजित हुँदै एट्लेटिको बाहिरिएको हो ।
सोसिडाडलाई जित दिलाउन एड्नान जानुजाज र एलेक्सजेन्डर सोर्लोथले एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा जानुजाजले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४७ औं मिनेटमा एलेक्सजेन्डरले गोल गर्दै सोसिडाडलाई २-० को जित दिलाए ।
यस जितसँगै सोसिडाड कोपा डेल रे को अन्तिम आठमा पुगेको छ ।
एट्लेटिको बाहिरियो








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

