काठमाडौं । इन्टर मिलान कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा इम्पोलीलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै इन्टर अन्तिम आठमा पुगेको हो।
रोमान्चक खेलको १३ औं मिनेटमा एलेक्सिस सान्जेचले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा नदीम बज्रामीले गोल गर्दै इम्पोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७६ औं मिनेटमा इओनुट राडुले आत्मघाती गोल गरेपछि इम्पोली २-१ ले अघि रह्यो ।
तर, खेलको इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १ सय ४ औं मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै इन्टरलाई ३-२ को जित दिलाए ।
