काठमाडौं । इजिप्ट अफ्रीका कप अफ नेसन्सको नकआउट चरणमा पुगेको छ ।
बुधबार राति सुडानलाई १-० गोल अन्तरले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान बनाएको हो ।
इजिप्टको जितमा मोहमद अब्देलमोनेमले निर्णायक गोल गरे ।
उनले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै समूह डी को इजिप्टले ३ खेलमा ६ अंक जोड्यो ।
इजिप्ट समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
सुडान १ अंक जोडेर समूह चरणबाट बाहिरियो ।

यस समूहबाट नाइजेरिया समूह विजेता बन्यो ।
नाइजेरियाले ३ खेलमा ९ अंक जोड्यो ।
नाइजेरियाले बुधबार राति गिनी बिसाउमाथि २-० को जित निकालेको थियो ।