काठमाडौं । इग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि शानदार जित दर्ता गरेको छ ।
युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो ।
युनाइटेडको जितमा एन्थनी इलांगा, मासोन ग्रिनउड र मार्कस रासफोर्डले एक–एक गोल गरे ।
ब्रेन्टफोर्डका लागि एकमात्र गोल इभान टोनीले गरेका थिए ।
पहिलो हाफमा दुबै टोली गोलरहित रहेपनि इलांगाले ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

६२ औ मिनेटमा ग्रिनउडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए ।
रासफोर्डले ७७ औं मिनेटमा गोल गरेपछि युनाइटेड ३–० ले अघि बढेको थियो ।
तर टोनीले ८५ औ मिनेटमा बे्रन्टफोर्डका लागि एक गोल फर्काए ।
जितसँगै युनाइटेडले २१ खेलबाट ३५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ ।
ब्रेन्टफोर्डले भने २२ खेलमा २३ अंक जोड्दै १४ औं स्थानमा छ ।