काठमाडौं । इग्लीस प्रिमियर लिग अन्तर्गत टोटेनहमले लेस्टरमाथि जित निकाल्न सफल भएको छ ।
टोटेनहमले १–२ ले पछि परेको अवस्थामा लेस्टरमाथि ३–२ को जित निकालेको हो ।
टोटेनमहको जितमा स्टेभन वर्गविनले दुई तथा ह्यारी केनले एक गोल गरे ।
लेस्टरका लागि प्याटसन डाका र म्याडिसनले एक–एक गोल गरे ।
डाकाले २४ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
टोटेनहमका केनले ३८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
लेस्टरका म्याडिसनले ७६ औं मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता बनाउन सफल भयो ।
तर वर्गविनले इन्जुरी समयमा लगातार दुई गोल गरेपछि टोटेनहमले जित हात पार्न सफल भयो ।
जितसँगै टोटेनहमले १९ खेलबाट ३६ अंक जोड्दै लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
लेस्टर भने १९ खेलबाट २५ अंक जोड्दै १० औं स्थानमा रहेको छ ।