गोलकिपर रोबिन एस्टनमा
बुधबार, ०५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले स्विडेनका गोलकिपर रोबिन ओल्सेनलाई अनुबन्ध गरेको छ ।
एस्टनले गोलकिपर रोबिनलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
इटालियन क्लब रोमाका गोलकिपर रोबिन सेफिल्ड युनाईटेडबाट लोनमा खेलिरहेका थिए ।
३२ वर्षीय गोलकिपरले गत सिजन लोनमा एभर्टनबाट खेलेका थिए ।
रोबिन स्विडेनको पहिलो रोजाईका गोलकिपर हुन् ।
रोबिनले युरोकपमा सबै चार खेल खेलेका थिए ।
गोलकिपर रोबिन एस्टनमा








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

