काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले स्विडेनका गोलकिपर रोबिन ओल्सेनलाई अनुबन्ध गरेको छ ।
एस्टनले गोलकिपर रोबिनलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
इटालियन क्लब रोमाका गोलकिपर रोबिन सेफिल्ड युनाईटेडबाट लोनमा खेलिरहेका थिए ।
३२ वर्षीय गोलकिपरले गत सिजन लोनमा एभर्टनबाट खेलेका थिए ।
रोबिन स्विडेनको पहिलो रोजाईका गोलकिपर हुन् ।
रोबिनले युरोकपमा सबै चार खेल खेलेका थिए ।