राल्फ राङनिकले लगभग स्विकारेका छन्, पउल पोग्बा अब म्यानचेस्टर युनाइटेडमा रहने छैनन् । अनि यी व्यवस्थापकले के पनि भनेका छन् भने पोग्बालाई रियल म्याड्रिड जान आफ्नो तर्फबाट सहयोग नै हुनेछ ।
सबैलाई थाहा छ, पोग्बाको सबैभन्दा ठूलो सपना हो, रियलका खेल्ने । त्यसैले उनले म्यानचेस्टरसँग नयाँ अनुबन्ध गर्न अस्विकार गरिरहेका छन् ।
अहिले उनी चोटबाट पनि पूर्णत: निको हुने स्थितिमा छन् र यही सिजनको उनको म्यानचेस्टरसँगको अनुबन्ध पनि सकिदैछ । यस्तोमा फेरि एकपल्ट उनी विना कुनै मूल्य म्यानचेस्टर छाड्ने संघारमा छन् ।
राङनिकले भनेका छन्, ‘पक्कै पनि म पोग्बालाई सहयोग गर्नेछुं । रियल जानका लागि उनलाई धेरै खेल्न आवश्यक छ, त्यसैले म उनलाई म्यानचेस्टरबाट धेरै खेलाउने अवसर पनि दिनेछुं ।’
राङनिक के पनि मान्छन् भने एक व्यवस्थापकका लागि खेलाडी र क्लबबीचको अनुबन्ध कहिलेकाहीं गौण विषय हुन सक्छ । उनका लागि त पोग्बाले अहिले तत्काल म्यानचेस्टरका लागि कति योगदान सक्छ भन्ने नै हो ।
फेरि उनी के पनि मान्छन् भने उनको आफ्नै म्यानचेस्टरसँगको अनुबन्ध यही सिजनका लागि मात्र त हो, किन धेरै भविष्यको बारे सोचिरहने?
–मिररको सहयोगमा ।