साविक विजेता डर्टमण्ड बाहिरियो
बुधबार, ०५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
मंगलबार राति दोस्रो डिभिजनको सेन्ट पाउलीसँग २-१ गोल अन्तरले पराजित भएपछि डर्टमण्ड बाहिरिएको हो ।
पाउलीको मैदानमा अर्लिङ हालाण्डले एक गोल फर्काए पनि डर्टमण्ड पराजित भएको हो ।
खेलको चौंथो मिनेटमा इटिनी अमेन्यिडोले गोल गर्दै पाउलीलाई अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा एलेक्स विट्सेलले आत्मघाती गोल गरेपछि पाउली २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ५८ औं मिनेटमा हालाण्डले पेनाल्टीमा एक गोल फर्काएपनि डर्टमण्ड २-१ ले पराजित भएको हो ।
साविक विजेता डर्टमण्ड बाहिरियो






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)