मोरक्को र गाबोन नकआउट चरणमा
बुधबार, ०५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । मोरक्को र गाबोन अफ्रीका कप अफ नेसन्सको नकआउट चरणमा पुगेको छ ।
मंगलबार राति भएको खेलमा २-२ गोलको बराबरीमा खेल्दै मोरक्को र गाबोनले नकआउट चरणमा स्थान बनाएको हो।
रोमान्चक खेलको २१ औं मिनेटमा जिम अल्लेभिन्हाले गोल गर्दै गाबोनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७४ औं मिनेटमा सोफियन बौफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ८० औं मिनेटमा मोरक्कोका नायेफले आत्मघाती गोल गरेपछि गाबोनले २-१ को अग्रता बनायो ।
तर, खेलको ८४ औं मिनेटमा आच्रफ हाकिमीले गोल गर्दै मोरक्कोलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै समूह सी को मोरक्कोले ३ खेलमा ७ अंक जोड्यो ।
मोरक्को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
गाबोन ५ अंक जोडेर दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो।
मोरक्को र गाबोन नकआउट चरणमा








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

