युभेन्ट्स क्वाटरफाइनलमा
बुधबार, ०५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा साम्पडोरियालाई ४-१ गोल अन्तरले हराउँदै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा जुवान कोर्डाडोले २५ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
डानिली रुगानीले ५२ औं मिनेटमा गोल गर्दा युभेन्ट्सको अग्रता २-० को बन्यो ।
खेलको ६३ औं मिनेटमा आन्द्रे कोन्टीले गोल गर्दै साम्पडोरियालाई २-१ को स्थितिमा ल्याए ।
खेलको ६७ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए ।
युभेन्ट्स क्वाटरफाइनलमा








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

