घाना समूह चरणबाटै बाहिरियो
बुधबार, ०५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । चार पटकको च्याम्पियन घाना अफ्रीका कप अफ नेसन्स फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
मंगलबार राति भएको खेलमा कोमोरोससँग ३-२ गोल अन्तरले पराजित भएपछि घाना बाहिरिएको हो ।
कोमोरोसलाई जित दिलाउन अहमेद मोग्नीले दुई गोल गरे । मोहमद बेनले एक गोल थपे ।
१० खेलाडीमा समेटिएको घानाका लागि रिचमोन्ड बोक्ए र एलेक्सजेण्डर ड्जिकुले एक एक गोल फर्काए ।
आन्द्रे एयुले रातो कार्ड पाएपछि घाना १० खेलाडीमा समेटिएको हो ।
यस हारसँगै समूह सी को घानाले ३ खेलमा १ अंक जोड्यो । घाना पुछारमा रहेको छ ।
कोमोरोस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस समूहबाट मोरक्को र गोबान नकआउट चरणमा पुगेको छ ।
घाना समूह चरणबाटै बाहिरियो








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

