काठमाडौं । चार पटकको च्याम्पियन घाना अफ्रीका कप अफ नेसन्स फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
मंगलबार राति भएको खेलमा कोमोरोससँग ३-२ गोल अन्तरले पराजित भएपछि घाना बाहिरिएको हो ।
कोमोरोसलाई जित दिलाउन अहमेद मोग्नीले दुई गोल गरे । मोहमद बेनले एक गोल थपे ।
१० खेलाडीमा समेटिएको घानाका लागि रिचमोन्ड बोक्ए र एलेक्सजेण्डर ड्जिकुले एक एक गोल फर्काए ।

आन्द्रे एयुले रातो कार्ड पाएपछि घाना १० खेलाडीमा समेटिएको हो ।
यस हारसँगै समूह सी को घानाले ३ खेलमा १ अंक जोड्यो । घाना पुछारमा रहेको छ ।
कोमोरोस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस समूहबाट मोरक्को र गोबान नकआउट चरणमा पुगेको छ ।