चेल्सी बराबरीमा रोकियो
बुधबार, ०५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो ।
खेलको २८ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६० औं मिनेटमा एडम वेब्स्टरले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै चेल्सीले २३ खेलमा ४४ अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
ब्राइटन २९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
चेल्सी बराबरीमा रोकियो








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

