फर्गुसन एभर्टनको केयर टेकर प्रशिक्षक
२०२२ जनवरी १८, मङ्गलबारखेलपाटी संवाददाता
काठमाडौं । इंग्लिस क्लब एभर्टनले डुनकान फर्गुसनलाई केयर टेकर प्रशिक्षक नियुक्त गरेको छ ।
एभर्टनले मंगलबार फर्गुसनलाई आगामी खेलका लागि केयर टेकर प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एभर्टनले मुख्य प्रशिक्षक राफायल बेनिटेजलाई बर्खास्त गरेपछि फर्गुसनलाई केयर टेकरको जिम्मेवारी दिएको हो ।
एभर्टनले आइतबार बेनिटेजलाई बर्खास्त गरेको थियो ।
एभर्टनले बेनिटेजलाई नियुक्त गरेको ६ महिनामै बर्खास्त गरेको हो ।
कार्लो एन्सेलोटीले क्लब छाडेपछि एभर्टनले ६१ वर्षीय स्पेनिस प्रशिक्षक बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
फर्गुसन एभर्टनको केयर टेकर प्रशिक्षक