काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले स्विडेनका गोलकिपर रोबिन ओल्सेनलाई अनुबन्ध गर्ने भएको छ ।
एस्टनले गोलकिपर रोबिनलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।
इटालियन क्लब रोमाका गोलकिपर रोबिन हाल सेफिल्ड युनाईटेडमा लोनमा खेलिरहेका छन् ।
३२ वर्षीय गोलकिपरले गत सिजन लोनमा एभर्टनबाट खेलेका थिए ।
रोबिन स्विडेनको पहिलो रोजाईका गोलकिपर हुन् ।
रोबिनले युरोकपमा सबै चार खेल खेलेका थिए ।