रियलका लेजेण्ड गेन्टोको निधन
मंगलबार, ०४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका लेजेण्ड फ्रान्सिस्को गेन्टोको निधन भएको छ ।
स्पेनका पूर्व विंगर समेत रहेका गेन्टोको ८८ वर्षको उमेरमा निधन भएको हो ।
गेन्टोले रियलमा १८ वर्ष बिताएका थिए । उनले १९५३ देखि १९७१ सम्म रियलका लागि खेलेका थिए ।
रियलका लागि गेन्टोले ६ पटक युरोपियन कप जितेका थिए ।
रियलका लागि उनले ६ सय खेलमा १ सय ८२ गोल गरेका थिए । उनले रियलका लागि १२ ला लिगा, २ कोपा डेल रे र १ इन्टरकन्टिनेन्टल कप जितेका थिए ।
स्पेनका लागि उनले ४३ खेल खेलेका थिए । उनी सन् १९६२ र १९६६ को विश्वकपमा स्पेनको टिममा थिए ।
रियलका लेजेण्ड गेन्टोको निधन








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

