आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आहा राराको विजेताले १० लाख १ हजार पाउने

मंगलबार, ०४ माघ २०७८नारायण क्षेत्री
आहा राराको विजेताले १० लाख १ हजार पाउने
Loading ad...
mustang rice ad

पोखरा  । २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद पुरस्कार पाउने भएका छन् ।

आयोजक सहारा क्लब पोखराले मंगलबार प्रतियोगिताको विजेताले १० लाख १ हजार पाउने जानकारी गराएको छ । यस्तै उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ । त्यस्तै सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबले जनाएको छ । 

प्रतियोगिता माघ ६ देखि १५ गते सम्म पोखरा रंगशालामा आयोजना हुनेछ । आयोजकले मंगलबार नै खेल तालिका सार्वजनिक गरेको छ ।

बिहीबार हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ । यस पटक साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रि स्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, आयोजक सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसएको सहभागिता रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने बताए ।

प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ भने दर्शकका लागि टिकट भने नकाटिने क्लबले जनाएको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले विषम परिस्थितिमा पनि खेल सञ्चालन गर्न दिएको भन्दै प्रशासनलाई धन्यावद दिए । उनले नवौं राष्ट्रिय खेलकुद पोखरामै हुनुपर्ने भन्दै त्यसको तयारीमा समेत रहेको बताए ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटर, अफिसियल बैंंकका रुपमा लुम्बिनी बैंक रहेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा क्लब हङ्गकङ्ग, र सहारा क्लब अष्ट्रेलियाको सहयोग तथा पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना हुँदै आइरहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ६ लाख ४८ हजार ५ सय खर्च र १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने क्लबको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।  प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट सञ्चालित सूर्यबहादुृर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । पोखरा–१७ दोबिल्लामा रहेको एकेडेमीमा २०६१ सालदेखि उनिहरुलाई क्लबले आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण प्रदान गर्दै आइरहेको छ।  

Loading ad...
LiNing Ad
आहा राराको विजेताले १० लाख १ हजार पाउने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चम्किँए यमल

चम्किँए यमल

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक