खुला कराते सोमबारदेखि
शनिबार, २४ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल गोजुकाइ कराते संघको आयोजनामा उमा खुला कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने गोजुकाइ कराते संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जनाएका छन् ।
पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा हुने छ ।
प्रतियोगितालाई लक्षित गरी शनिबार रेफ्री रिफ्रेसर कोर्स पनि सम्पन्न भएको छ ।
एकदिने कोर्समा ४५ जना सहभागी थिए । कोर्स अन्तर्राष्ट्रिय निर्णायक राम लामाले सञ्चालन गरेका थिए ।
खुला कराते सोमबारदेखि







-1761998475071.jpg&w=3840&q=75)

-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)




