• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
पहिलो संस्करणको केटीएम रन माघ १५ गते
खेलपाटी संवाददाता
शुक्रबार, पुस २३, २०७८ खेलपाटी संवाददाता
पहिलो संस्करणको केटीएम रन माघ १५ गते

काठमाडौं । सर्वाधिक पुरस्कार राशी भएको पहिलो संस्करणको केटीएम रन प्रतियोगिता माघको तेस्रो साता आयोजना हुने भएको छ ।

आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै केटीएम रन माघ १५ गते (जनवरी २९) मा आयोजना हुने जानकारी गराएको छ ।

शनिबारको दिन आयोजना हुने केटीएम रन १० किलो मिटरको हुने आयोजक केटीएम सिटीले जनाएको छ ।

केटीएम रन पुरुष र महिला गरि दुई स्पर्धामा आयोजना हुनेछ । प्रतियोगिताको पुरस्कार पुरुष तथा महिलामा समान राशी रहेको छ ।

केटीएम रनको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हो।

यस्तै, दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने आयोजकले जनाएको छ । 

No description available.

केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ ।

केटीएम रनको रेस डिरेक्टरमा शुशील नरसिंह राणा र प्राविधिक संयोजकमा राजन खत्री रहेका छन् ।

केटीएम रनका रेस डिरेक्टर राणाले १० किलोमिटर दौडको आयोजनाबाट खेलाडीले
अधिकतम भन्दा अधिकतम फाइदा पुग्ने बताए ।

‘खेलाडीले म्याराथन वर्षमा तीन पटक भन्दा धेरै दौडन सक्दैन । तर १० किलोमिटरको दौड ६ पटक भन्दा बढी दौडन सक्छ । यसले खेलाडीलाई एक्सपोजर पनि मिल्छ साथै म्याराथनका लागि खेलाडी तयार पनि हुन्छ ।’ उनले भने ।

केटीएम रनका म्यानेजर आशिष पौडेलले गौरवमय इतिहास बोकेको एथलेटिक्स प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपालको ब्राण्ड केटीएम सिटीले घरेलु खेलकुदको समग्र विकासमा सहयोग पुर्याउने उद्धेश्यले योजनाबद्ध तरिकाले अघि बढिरहेको बताए । 

केटीएम रनमा सहभागी हुने खेलाडीका लागि ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ । सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहितका सामाग्री उपलब्ध गराउनेछ ।

केटीएम रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागीता खुल्ला गरिएको छ । खेलाडीले पुस २९ गतेबाट माघ १३ गतेसम्म नाम दर्ता गराउन सक्नेछन्  ।

खेलाडीले अनलाईनमा केटीएम रन डट कममा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।  यस्तै केटीएम सिटीको जावलाखेल, ठमेल, दरबारमार्ग, बौद्ध र पुरानो बानेश्वरस्थित आउटलेटमा गएर नाम दर्ता गर्न सक्नेछन् ।

नेपालकै घरेलु ब्राण्ड केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकै खेलमा ३ रातोसहित ६ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ६ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP