काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटले भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाललाई प्रतियोगिताको निर्देशक नियुक्त गरेको छ ।
पीपीएल क्रिकेटको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस बिज्ञप्तिबाट पटवाललाई प्रतियोगिताको निर्देशक नियुक्त गरेको जनाएको छ ।
पटवाल नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक हुन् । यसअघि पटवालले अफगानिस्तानको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरेका थिए ।
पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट पोखरा रंगशालामा कार्तिक ९ गतेबाट सुरु हुनेछ । पिपीएलको टिम मार्की खेलाडी, अक्सनबाट खेलाडी छनोट भईसकेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाईटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ ।